सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गतको नेपाल एपीएफ क्लब र केल्मी स्पोर्ट्स प्रोडक्ट्स कम्पनी लिमिटेडबीच ५ वर्षे अवधिका लागि खेल पोसाक र खेल सामग्रीमा छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सन् २०१९ देखि केल्मीले एपीएफसँग सहकार्य गर्दै आएको छ ।

नेपाल एपीएफ क्लब परिसरमा आयोजित एक समारोहमा नेपाल एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिम्सिना र कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल एपीएफ क्लबले फुटबल, भलिबल महिला र पुरुषका साथै उमेर समूहमा यू -१६, यू १८ फुटबल (पुरुष), ग्रासरूट फुटबल र ब्याडमिन्टन खेलमा प्रायोजन गरिएको हो ।

यसैगरी, सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालका बहालवाला कर्मचारी, भूतपूर्व कर्मचारी, सहिद परिवार, नेपाल एपीएफ स्कूल, सशस्त्र प्रहरी परिवार महिला संघ, र नेपाल एपीएफ क्लबमा आवद्ध खेलाडी, प्रशिक्षक तथा सदस्यहरूलाई देशभरका केल्मी नेपालका विक्री केन्द्रहरूबाट २० देखि २५ प्रतिशत छुट पाउने छन् ।

समारोहमा सशस्त्र प्रहरी बलका अधिकृतहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, र सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यो सम्झौता सन २०३० अगष्ट ४ तारिखसम्म कायम हुने छ । केल्मीले त्रिभुवन आर्मी, नेपाल पुलिससँग र राष्ट्रिय टिमहरूसँग पनि सहकार्य गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *