काठमाडौं । आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन ३ मा बिहीबार एकल अग्रता कायम गरेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको आठौं चरणको खेल सकिँदा स्ट्यागले ७७ अंक जोडेको छ ।
स्ट्यागलाई पछ्याइरहेको एभीएम टेबलटेनिस क्लबले ७५ अंक बटुलेको छ । टप स्पिन टेबलटेनिस गुड्स नेपालले ७२ तथा खोल्वा पुखु खेलकुद समिति र होप्स टेबलटेनिस एकेडेमीले समान ६०-६० अंक जोडेका छन् ।
यल टेबलटेनिसले ५९, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ५४, कीर्तिपुर नगरपालिकाले ५३, द ड्रागन्स टेबलटेनिस क्लबले ४८ र ओल्ड हाउस रेस्ट्रोले ४२ अंक बटुले ।
