काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडीले आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार २ स्वर्ण र १ रजत गरी ३ पदक जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पुरुष ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ तथा स्पिड किकमा आयुश बोहराले नेपाललाई स्वर्ण दिलाए ।

गोविन्दले पाकिस्तान तथा आयुशले मलेसियाका खेलाडीलाई पराजित गरेको प्रशिक्षक श्रीकृष्ण खड्काले जनाएका छन् ।

पुरुष ७४ केजीमुनि सन्दिप बस्नेतले रजत हात पारे । सन्दिप फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भए । टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा व्यवस्थापकमा गणेशबहादुर खड्‌का रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *