एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लब समूह ‘बी’ मा परेको छ ।

एसियाली फुटबल महासंघ एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार एपीएफ समूह ‘बी’ मा परेको हो ।

समूह ‘बी’ मा एपीएफसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्बेकिस्तानको पिएफसी नासाफ र साउदि अरेबियाको अल नासर छन् ।

यस समूहको खेलहरु अगष्ट २३ देखि ३१ सम्म उज्वेकिस्तानमा हुनेछन् ।

नेपालको लिग च्याम्पियन एपीएफले लगातार दोस्रो पटक एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रारम्भिक चरणमा १९ टोलीलाई चार समूहमा विभाजन गरेर खेलाइनेछ । हरेक समूहको विजेता एएफसी महिला च्याम्पियन्स लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *