मनास्लु र वारियर्सले एसडब्लुएससी एसइइ श्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।

मनास्लु ब्वाइज तथा वारियर्स गल्समा च्याम्पियन बने । बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले बीएमकेलाई १८-१७ ले पराजित गर्यो ।

गर्ल्सको उपाधि भिडन्तमा वारियर्सले भ्याली पब्लिकलाई १३-१२ ले हरायो । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पनि पाउने छन् ।

उपविजेतालाई ४० प्रतिशत तथा सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तीनदिनको अवधिमा मनास्लु र वारियर्सको यो दोश्रो उपाधि हो ।

दुवैले आइतबार प्रथम एलएनए एसइइ कप थ्री बाइ श्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए । ब्वाइजमा मनास्लुका शुभम् सैजु र गर्ल्समा वारियर्सकी दिब्यान्शा कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई एसडब्लुएससीका क्याम्पस चिफ डा. राजेन्द्र केसी, भाइस प्रिन्सिपल हरिसिंह केसी, प्रोग्राम को-ओर्डिनेटर राजेन्द्र लामिछाने, प्रोग्राम डाइरेक्टर गणेश महरा र इन्टरनेसनल रिलेसन को-ओर्डिनेटर सरिता शाक्य प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्समा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *