एसिसी यु-१६ इस्ट जाेन कपमा जापानसँगको खेल जित्न नेपालले ८१ रनको सामान्य लक्ष्य पाएको छ ।

कोजल टुन्कु जाफर ओभलमा टस जितेर ब्याटिङ राेजेकाे जापानलाई नेपालले ३४.३ ओभरमा ८० रनमा अलआउट गरेको हो ।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सुभम खनालले १० ओभर बलिङ गर्दै १५ रन दिएर सर्वाधिक ५ विकेट लिए । यसैगरी अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *