कराते टोली थाइल्यान्ड जाने

२०८२, १० असार मंगलवार २०:०१

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार थाइल्यान्ड जाने भएको छ ।

असार १३ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । २ प्रशिक्षक र ५ निर्णायक पनि टोलीसंगै थाइल्यान्ड जाँदै छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै बूढानीलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामा, बूढानीलकण्ठ नगरपालिका वडा ८ का अध्यक्ष सुमन तामाङ, नेपाल सितोरियो कराते संघका सचिव प्रेमलाल बम्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *