नेपाल २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१९ ब्वाइज टिम इभेन्टमा प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३-१ ले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा पुग्न सफल भयो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जानकारी दिइन् ।

नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी छन् । नेपालको समूहमा भारत र साउदी अरबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रि-क्वार्टरफाइनलमा पुग्यो । प्रि-क्वार्टरफाइनलमा नेपालले मलसेयाको सामना गर्नेछ ।

टिम प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासु नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *