स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ को सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले शनिबार रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् । टिमको उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ ।
नेपालले लिग–२ सिरिज अघि स्कटल्यान्ड ‘ए’ टोलीसँग दुई अभ्यास म्याच खेल्ने तालिका पनि छ । लिग–२ अन्तर्गत नेपालले २ र ८ जुनमा स्कटल्याण्ड तथा ४ र १० जुनमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।
त्यसैगरी लिग-२ लगत्तै स्कटल्यान्डमै आयोजना हुने टि-२० अन्तर्राष्ट्रिय सिरिजका लागि थप तीन खेलाडीहरू पनि चयन गरिएको नेपाल क्रिकेट संघले जनाएको छ ।
टि-२० टोलीमा थपिएका खेलाडीहरूमा रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छन् । रुपेश र किरणले पहिलाे राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उप कप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल
