शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने

२०८२, १८ बैशाख बिहीबार १८:४२

आगामी शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने भएको छ ।

बूढानिलकण्ठ हात्तिगौंडा खेलकुद समितिको आयोजना फाइट नाइट बैशाख २० गते बेलुका ५ बजे हुन लागेको हो ।

गोल्फुटारको बास्केटबल कोर्टमा हुन हुने फाइट नाइटको तयारी अन्तिममा पुगेको समितिका अध्यक्ष निलम अधिकारीले जानकारी दिइन् ।

प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका प्रोफेसनल मुवा थाई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । अधिकारीका अनुसार कुल नौ फाइट हुनेछ । त्यसमा सात पुरुष र दुई महिलाको फाइट हुने तय छ ।

मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्यान्डका असादा रक्मितबीच प्रतिस्पर्धा हुनेछ । अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । दुईवटा खेलमा नेपाल र नेपालका खेलाडीबीच प्रतिस्पर्धा हुने अधिकारीले जनाकारी दिइन् । उनका अनुसार प्रतिस्पर्धीपश्चात् सबै खेलाडीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *