आईसीसी महिला टी-२० विश्वकप छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्दै सुरुवात गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘सी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल ९ मे मा हङकङबिरुद्ध खेल्ने भएको हो ।

यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ । १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ ।

९ राष्ट्रको सहभागिता रहने छनोट प्रतियोगितामा सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह ‘सी’ मा नेपालसहित हङकङ र बहराइन रहेका छन् ।

समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । तीनवटै समूहको शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

हाल भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *