आईपिएलमा शनिबार भएको खेलमा आरसीबीले सीएसकेलाई २ रनले पराजित गरेको थियो ।

चिन्नास्वामी स्टेडियममा विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रन बनाउन सफल भए । उनी टिमबाट टि-२० मा ३०० छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कोहलीले आईपिएलमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका छन् ।

आरसीबीका रोमारियो शेफर्डले १४ बलमा अर्धशतक बनाएका थिए । उनले खलिल अहमदको एक ओभरमा ३३ रन पनि दिए । यो कुनै पनि सिएसके बलरको सबैभन्दा महँगो ओभर थियो । कोहली आईपीएलमा आठौं पटक एक सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो खेलाडीसमेत बनेका छन् ।

चेन्नईविरुद्ध विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रनको इनिङ खेलेका थिए । उनले इनिङ्समा पहिलो छक्का प्रहार गर्ने बित्तिकै आरसीबीका लागि ३०० छक्का पूरा गरेका हुन् । उनी एउटै फ्रेन्चाइजीबाट टि-२० मा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय क्रिकेटरसमेत बनेका छन् ।

कोहलीपछि क्रिस गेलले आरसीबीका लागि ९१ खेलमा २६३ छक्का प्रहार गरेर पछि पछि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *