आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक श्रृंखला र टी-२० श्रृंखला खेल्नका लागि बुधबार स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार बिहान एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बदाई गरेको हो । कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामा लगायतले नेपाली टोलीलाई बिदाई गरे ।

नेपालले आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक श्रृंखलाअघि बेलायतमा प्रशिक्षण गर्नुका साथै केही अभ्यास खेल खेल्ने तय छ ।

लिग-२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग-२ पछि टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि खेल्ने छ ।

नेपाली टोलीः

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *