दुबईमा विगत २ वर्ष देखी कराते प्रशिक्षण गराउँदै आएकी करातेकी खेलाडी तथा प्रशिक्षक सोनी राईले दुबईमा सफलताका साथ जेकेए सोतो कान करातेको तेस्रो डान उपाधि प्राप्त गर्न सफल भएकी छन् ।

दुबईको कराते ३६५ क्लबमा आबद्ध भएर कराते प्रशिक्षण गराइरहेकी सोनीलाई जापान बाट आएका कराते सेन्से सिहान कोइचिरो ओकुमाले डान प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यस अघि नेपाल पुलिस क्लबमा आबद्ध राईले ९ औं राष्ट्रिय गेममा स्वर्ण पदक, प्रथम मेयर कप २०२२ मा स्वर्ण पदक, प्रथम र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक लगायत विभिन्न राष्ट्रिय खेलहरूमा पदक जित्न सफल भएकी थिइन ।

त्यसै गरी २०२४ मा दुबईको इकोनोमी र पर्यटन विभाग तथा दुबईका युवराज, शेख हदमान बिन मोहम्मद बिन रसिद अल मकतूम द्वारा प्रवर्धन गरिएको दुबई फिटनेस च्यालेन्जमा कोचको भूमिका निर्वाह गर्दै सफलताका साथ कराते प्रशिक्षण गराएकी थिइन । राई नेपालको तर्फ बाट कराते प्रशिक्षण गराउने पहिलो नेपाली कराते कोच बन्न सफल भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *