पाकिस्तानले भारतमा आक्रमण गरेको खबरसँगै सुरक्षाका कारण देखाउँदै आईपिएल २०२५ अन्तर्गत धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल सुरक्षा कारणले रद्द गरिएको छ ।
मैदानका सबै फ्लडलाइटहरू निभाइएको छ र त्यहाँबाट सबैलाई खाली गराइएको छ । खेल रोकिंदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो ।
आईपिएलका अधिकारीले अन्तर्राष्ट्रिय मिडियालाई पाकिस्तानले जम्मु क्षेत्रमा गरिरहेको आक्रमणलाई ध्यानमा राख्दै सुरक्षाका हिसाबले खेल रद्द गरिएको जानकारी दिएका छन् ।
महत्वपूर्ण चरणमा यो खेल रद्द भएपछि दुबै टोलीको प्लेअफ सम्भावनामा प्रत्यक्ष असर परेको छ । खेल रद्द भएसँगै तेस्रो स्थानमा रहेको पन्जाबको ११ खेलमा १५ अंक छ । दिल्ली ११ खेलमा १३ अंक जोडेर पाँचौ स्थानमा छ ।
