अमेरिकामा नेपालीको पहिलो तेक्वान्दो स्कुल युएस वल्ड क्लास तेक्वान्दो हलिउडले शनिवार तीसौ वार्षिक उत्सव धूमधाम मनाएको छ । युएस वर्ड क्लास तेक्वान्दो हलिउड ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको पोर्टल्याण्डमा स्थापना गरेका हुन् ।

युएस वल्ड क्लास हलिउडले तीन दिने विषेश कार्यक्रम सहित आफ्नो तीसौ वार्षिक उत्सव मनाएको हो । कार्यक्रमलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनले समर्थन गरेको थियो । कोरियाका ग्राण्ड मास्टर मिन हक सेडले शुक्रवार र शनिवार गरी चार सेमिनार सञ्चालन गरेका थिए । उनले आइतबार पनि एक सेसन सेमिनार सञ्चालन गर्ने छन् ।

ग्रान्ड मास्टर मिन कोरिया स्थित विश्व तेक्वान्दो मुख्यालय कुक्किवान शिक्षा समितिका सदस्य हुन् । उनले विश्वभर तेक्वान्दो सेमिनार गर्ने गर्दछन् । शुक्रवारको सेमिनारमा ४५ जना सहभागी थिए । यस्तै शनिवार दुई सेसनमा सेमिनार सञ्चालन गरिएको थियो ।

पहिलो सेसनमा ३० र दोस्रो सेसनमा ३५ जना तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सहभागी भएका थिए । सेमीनारमा भाग लिन अस्ट्रेलिया सहित अमेरिकामा आठ राज्यबाट तेक्वान्दो प्रशिक्षकहरु पोर्टल्याण्ड आएका हुन् ।

ग्राण्ड मास्टर सेडले तेक्वान्दोका परिवर्तित नियम र सेल्फ डिफेन्सका बारेमा डेढ डेढ घण्टाको कक्षा लिएका थिए । शनिवार साँझ विषेश कार्यक्रमका बीच हरेक महिना उत्कृष्ट घोषित १२ जना खेलाडीलाई ट्रफी प्रदान गरियो । खेलाडीको सम्मानमा रात्रि भोजको पनि आयोजना गरिएको थियो ।

कार्यक्रमको शुरुवात गर्दै ग्राण्ड मास्टर महर्जनले यो तीस वर्ष सम्म साथ र सहयोग दिने सबैलाई धन्यवाद दिए ।

‘यो विषेश दिन हो, हामी सबैको लागि, मेरो लागि मात्र होइन, हलिउड तेक्वान्दो मेरो मात्र होइन ।’ तीसौ वर्षगाँठको उपल्यक्षमा आयोजित विषेश कार्यक्रममामा महर्जनले भने, ‘तपाई सबैको हो र तपाईंहरू यहाँ हुनुहुन्छ, सबैलाई धन्यवाद दिन चाहन्छु हामी सँग जोडिनु भएकोमा, कोही तीस वर्ष देखि जोडिनु भएको छ । कोही भर्खर मात्र सबैलाई धन्यवाद । खुसी रहनु होला । सबैलाई स्वागत गर्न चाहन्छु ।’

उनले अभिभावक, प्रशिक्षक र खेलाडी सबैलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा मार्च देखि जुलाई महिनाका उत्कृष्ट खेलाडीलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनका अध्यक्ष लभ गोर्खालीले ट्रफी वितरण गरेका थिए । मिशिगन निवासी अन्तर्राष्ट्रिय रेफ्री मास्टर गोर्खाली एभरेष्ट ज्योति तेक्वान्दो एकेडेमीका संचालक हुन् ।

सन् २०२४ को मार्च महिनामा इभा ग्लीसन र एला ग्लीसन उत्कृष्ट खेलाडी घोषित भएका थिए । यस्तै अप्रिलमा कोनर मिलर, मे महिनामा शोशाना कान्सागरा, जुन महिनामा क्यान्डिस जिमेरेज र जुलाई महिनामा रोएन डफ उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

यस्तै सन् २०२४ अक्टोबर देखि २०२५ अप्रिल सम्मका उत्कृष्ट घोषित खेलाडीलाई ग्रीष्मकालीन ओलम्पिकमा नेपाललाई पदक दिलाउने विधान लामाले ट्रफी वितरण गरेका थिए ।

यस्तै सन् २०२४ अक्टोबर देखि २०२५ अप्रिल सम्मका उत्कृष्ट घोषित खेलाडीलाई ग्रीष्मकालीन ओलम्पिकमा नेपाललाई पदक दिलाउने विधान लामाले ट्रफी वितरण गरेका थिए । सन् २०२४ को अक्टोबरमा हेनरी मुसर, नोभेम्बरमा मिमी हे, सन् २०२५ जनवरीमा रैना हसन, फेब्रुअरीमा जिनी प्रिश्च, मार्चमा पार्कर स्कट र अप्रिलमा परिष्कृत ब्यान्जन्कार उत्कृष्ट घोषित भएका थिए ।

यसै गरी कार्यक्रममा वर्षका उत्कृष्ट घोषित परिवारलाई पनि सम्मान गरिएको थियो । स्कुल गतिविधिहरू र अन्य सामुदायिक कार्यक्रमहरूमा सहयोग गर्ने अभिभावकलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वमय सेवकहरूलाई पनि सम्मान गरिएको थियो ।

ग्राण्ड मास्टर मिन हक सेड, नेपाली तेक्वान्दोका पिता ग्रान्ड मास्टर जे के शिनले वर्षका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरेका थिए। कार्यक्रममा पोर्टल्याण्ड शहरका मेयर किथ विल्सनको तर्फबाट पठाइएको शुभ कामना सन्देश पढेर सुनाइएको थियो।

कार्यक्रममा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकको नृत्यले रौनक थपेको थियो । तेक्वान्दो प्रशिक्षक विकास घले गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । सोही कार्यक्रममा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनले ओलम्पियन विधान लामा र ग्राण्ड मास्टर दिवाकर महर्जन र मिनु महर्जनलाई सम्मान पत्र प्रदान गरेको थियो ।

फेडरेशनका महासचिव गणेश थापाले तेक्वान्दोमा पुर्याएको योगदानको कदर गर्दै पत्र प्रदान गरिएको जानकारी दिए । फेडेरेशनका अध्यक्ष मास्टर लव गोर्खालीले लामा र महर्जन जोडीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *