भारत र पाकिस्तानबीचको युद्धविरामपछि, मे १७बाट आईपीएल क्रिकेटका बाँकी खेलहरू सुरु हुँदैछन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआइ) ले सिजनका बाँकी खेलहरूको तालिका जारी गरिसकेको छ ।

तर, केही विदेशी खेलाडीहरूले सिजनको बाँकी खेलका लागि उपलब्ध नहुने आफ्ना फ्रेन्चाइजीहरूलाई जानकारी गराएका छन् । यस्तो अवस्थामा बीसीसीआईले आईपीएलको बाँकी खेलका लागि टोलीहरूलाई अस्थायी रूपमा वैकल्पिक खेलाडीहरू थप्न अनुमति दिएको छ ।

केही विदेशी खेलाडीहरू आगामी खेलहरूको लागि उपलब्ध छैनन् । यदि खेल बीचमा नरोकिएको भए आईपीएलको फाइनल मे २५ मा हुने भनिएको थियो तर अब जुन ३ मा फाइनल खेल हुने भएकोले राष्ट्रिय टोलीमा सामेल हुने विदेशी खेलाडीहरूलाई यसमा खेल्न गाह्रो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *