नेपाल र हङकङबीचको खेल रद्द

२०८२, २६ बैशाख शुक्रबार १२:०३

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङ‌बीचको पहिलो खेल रद्द भएको छ।

थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकी रद्द भएको हो ।

आजको खेलमा नेपाल र हङ‌कङ‌ले अंक बाँडेका छन् । आजै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हराएको छ

एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन्

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात् समूहको शीर्ष टोलीले सुपर श्रीमा स्थान बनाउने छ । सुपर श्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले अब भोलि बहराइनसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *