आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले युकेको स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टिमले मे १४ देखि २६ सम्म युकेमा रहेर चार अभ्यास खेल खेल्नेछ । 

नेपालले मे १६ मा कार्डिफ युएनआई, मे १९ मा मेरिलेबोन क्रिकेट क्लब, मे २२ मा ग्लुस्टरशायर र मे २६ मा ग्ल्यामोर्गनसँग खेल्नेछ ।

त्यसपछि टिम स्कटल्याण्ड पुग्नेछ, जहाँ नेपालले मे २९ र ३१ मा स्कटल्याण्ड ‘ए’ सँग दुई अभ्यास खेल्नेछ । त्यसपछि नेपालले २ जुनदेखि स्कटल्यान्डमा लिग–२ सिरिज खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *