भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यास लिन लागेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई जानकारी गराएका छन् ।

३५ वर्षीय विराटले आगामी २० जुनदेखि शुरु हुन लागेको इङ्गल्याण्डविरुद्धको टेष्ट सिरिज अगावै टेष्ट क्रिकेटबाट सन्यास लिने बीसीसीआई जानकारी गराएका हुन् ।

कोहली सन्यासको लिने जानकारी गराएपछि बीसीसीआईले कोहलीसँग सम्पर्क गर्दै आफ्नो सन्यासको लिने फैसला बदल्नको लागि अनुरोध गरेको छ । साथै कोहलीको अहिले पनि भारतीय टेष्ट टोलीमा महत्वपूर्ण भूमिका हुने बताउँदै उनलाई मनाउने प्रयास गरिरहेको छ ।

इङ्गल्याण्डविरुद्ध हुने टेष्ट सिरिजसँगै विश्व टेष्ट च्याम्पियनसिप (डब्ल्युटीसी) को नयाँ संस्करण पनि शुरु हुने भएकोले बीसीसीआईले कोहलीको आवश्यकताको महसुस गरेको हो । कोहली टेष्ट क्रिकेटमा ८ हजार ४ रन बनाएका छन् । जसमा २९ शतक र ३० अर्धशतक रहेका छन । त्यस्तै क्रिकेटमा विराटको औसत ४९.१५ रहेको छ ।

पछिल्लो समय कोहली सिमित ओभरका क्रिकेट खेलहरुमा आफुलाई फोकस गरिरहेका छन् । आफ्नो क्रिकेट खेल जीवनको उत्तरार्द्धमा रहेका विराट कार्यभार कम गर्न चाहन्छन् ।

त्यस्तै अर्कोतर्फका विराटका प्रशंसक र क्रिकेट प्रेमी कोहलीले टेष्ट क्रिकेटलाई निरन्तरता दिनुपर्ने बताउँदै आएका छन् । अब बीसीसीआईको अनुरोध प्रति कोहलीले कस्तो फैसला लिन्छन त्यो प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *