भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज मुम्बई इण्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
मुम्बईस्थित वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ ।
जारी आईपिएलमा मुम्बई इण्डियन्स ११ खेलमा ७ जित र ४ हारसहित १४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै गुजरातले १० खेलमा ७जित र ३ हार सहित १४ अंक हासिल गरेको छ र चौथो स्थानमा रहेको छ ।
प्लेअफको दौडमा रहेका दुवैका लागि यो खेल महत्वपूर्ण रहेको छ । यस सिजनमा दुवैबीच यसअघि मार्च २९ मा भएको खेल गुजरातले ३६ रनले जितेको थियो ।
