भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा आज पनि एक खेल मात्र हुँदैछ । आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।
जारी आईपिएलमा आरसिबीले राम्रो प्रदर्शन गरिरहेको छ । हालसम्म १० खेलमा ७खेल जितेको आरसिबीको १४ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । यो खेल जितेमा आरसिबी शीर्ष स्थानमा उक्लिने छ ।
अर्कोतर्फ चेन्नई सुपर किंग्स भने यस सिजनको प्लेअफको दौडबाट बाहिरिइसकेको छ । १० खेलमा ८ खेलमा हार बेहोरेको चेन्नईको यो सिजन यस अघि नै समाप्त भए पनि बाँकी चार खेल आफ्नो शाखका लागि खेल्ने छ ।
नियमित कप्तान बीचमै घाइते भएर बाहिरिनु र खेलाडी कम्बिनेसन समेत नमिल्नुले चेन्नईको यस सिजनमा खराब प्रदर्शनको प्रमुख कारण भएको देखिएको छ ।
यस सिजनमा यसअघि मार्च २८ मा भएको दुवै बीचको खेल आरसिबीले ५० रनले जितेको थियो ।
