आइसिसी यू-१९ विश्वकपको एसिया छनोटमा हङकङसँगको खेल जित्न नेपालले ११६ रनको सामान्य लक्ष्य पाएको छ

काठमाडौंस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ४६.२ ओभरमा ११५ रनमा अल आउट भयो ।

हङकङका शिव माधुरले सर्वाधिक ६३ रन बनाए । उनले ११६ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यसैगरी आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए । 

नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । विपिनप्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *