आगामी अप्रिलमा हुने आइसिसी यु-१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
प्रतियोगिता आगामी अप्रिल १३ देखि १९ सम्म मुलपानीमा रहेको तल्लो र माथिल्लो दुवै मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इैमिरेट्स (युएई) ले सहभागिता जनाउने छन् ।
नेपालले आफ्नो पहिलो खेल युएईसँग अप्रिल १३ मा माथिल्लो मूलपानी मैदानमा खेल्नेछ । दोस्रो खेल अप्रिल १६ मा हङकङ तथा अप्रिल १९ मा हङकङसंग खेल्ने तालिका छ ।
नेपाली टोली
नरेन भट्ट (कप्तान), साहिल पटेल, दर्श सोनार, विपिनकुमार शर्मा, अभिषेक तिवारी (उपकप्तान), सिव्रिन श्रेष्ठ, दिलसद अली, दयानन्द मण्डल, युवराज खत्री, नीरजकुमार यादव, रोशनकुमार विश्वकर्मा, सन्तोषकुमार यादव, अपराजित पौडेल
