इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्समथि ४ रनको रोमाञ्चक जित निकालेको छ ।

जितको लागि २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाता २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रनमा समेटियो ।

कोलकाताका ओपनर क्विन्टन डि कक १५ रनमा आकाश दीपको बलमा एलबिडब्लु धरापमा परे । उनी १५ रनना आउट भएपनि कोलकाताले पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा ९० रन बनायो ।

१३ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३० रन जोडेर सुनिल नरायन आउट भए । कप्तान अजिन्के राहानेले विष्फोटक ब्याटिङ गरे । उनले ३५ बल खेलेर ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको पारी खेले । उनी आउट हुँदा टोलीले १ सय ६२ रन बनाइसकेको थियो ।

त्यसपछि भेनकटेश्वर अयरले ४५ रन जोडे । रिन्कु सिंहले अन्त्यमा प्रयास गरेपनि टिमलाई जित दिलाउन सकेनन् । अन्तिम ६ बलबाट २४ रन चाहिंदा कोलकोताले १९ रन मात्र जोड्न सक्यो ।

यो सँगै ४ रनको झिनो अन्तरको हार बेहोरेको छ । बलिङमा आकाश दीप र सार्दुल ठाकुरले समान २ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन्समा टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले ३ विकेट गुमाएर २ सय ३८ रन बनायो । टोलीका मिकेल मार्स र निकोलश पुरनले सानदार ब्याटिङ गर्दै अर्ध शतक बनाए ।

ओपनर इडन मारक्रम र मार्सलले उत्कृष्ट सुरुवात दिलाउने क्रममा पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरे । मारक्रम ३ रनले अर्धशतक बनाउन चुके । २८ बलमा उनले ४ चौका र २ छक्कामा ४७ रन बनाए ।

त्यसपछि मार्स र पुरनले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। मार्सले ४८ बलमा ६ चौका र ५ छक्कामा ८१ रन बनाए ।

पुरन ३६ बलमा ७ चौका र ८ छक्कामा नटआउट ८७ रनको योगदान गरे । अब्दुल समदले ६ रन बनाए र डेभिड मिल्लर ४ रनमा नटआउट रहे । कोलकाताका हर्षित रानाले २ र आन्द्रे रसलले १ विकेट लिए ।

जितसँगै ५ खेलमा ६ अंक जोडेको लाखनउ चौथो स्थानमा उक्लिएको छ । पराजित कोलकाता समान खेलबाट ४ अंकका साथ छैटौं स्थानमा छ ।

आजको दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध पन्जाब किंग्सले टस जितेर ब्याटिङ सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *