काठमाडौं । मन्डिखाटार दोस्रो एमेच्योर टेनिस टुर्नामेन्ट सोमबारदेखि सुरु भएको छ ।

आगामी शनिबारसम्म चल्ने प्रतियोगिताको मन्डिखाटार सिरिडी कोलोनीका अध्यक्ष सुरज रावलले रेफ्री कृष्ण घलेलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए ।

पहिलो दिन २८ वटा स्पाधमा प्रतिस्पर्धा भएको छ । पहिलो दिनका सवै विजेता दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमै ३५ वर्ष माथिको प्रतिस्पर्धामा विशेष अमात्य वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरे ।

यसैगरी सोही उमेर समूहमा कुमार तामाङले समीर गुरुङलाई सुपर टाइब्रेकरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । उनले ७-५, ४-६को स्कोरपछि १०-३ ले वाजी मारेका हुन् । समुदीप कुमार लामा र प्रवेश थापाले वाकओभर पाएर दोस्रो चरणमा स्थान पक्का गरे ।

त्यस्तै, सविन श्रेष्ठले सनिभ राजभण्डारीलाई सुपर टाइब्रेकरमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउँदा सुनिश्चित मोक्तानले वाजी मारेका छन् । सुनिश्चित मोक्तानले सुरज लोहनीलाई पराजित गरेका हुन् । त्यसैगरी सुजन श्रेष्ठले वाकओभर पाएर दोस्रो चरणमा स्थान बनाए ।

यसैगरी ४५ वर्ष माथिको स्पर्धामा किरण नेपालले राजु गुरुङलाई ७-५ र ६-४ ले पराजित गरे । यस्तै, विभु कायस्थले मनिश श्रेष्ठलाई पराजित गर्दा प्रताप मोक्तानले प्रसान्त पन्तलाई पराजित गरेका थिए । देव श्रेत्री र बलराम सापकोटाले वाकओभर पाए ।

५५ वर्षमाथिको उमेर समूहमा राजु राई र रमेश रोकाविचको एकदमै प्रतिस्पर्धा भएको थियो । अन्ततः सुपर टाइब्रेकरमा राजु राइले १८-१६ ले बाजी मारेका थिए । यसैगरी राम राणाले शिव सुवेदीलाई पनि सुपर टाइब्रेकरमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।

पहिलो दिन भएको डबल्सतर्फ सुरज श्रेष्ठ र सुरेश श्रेष्ठको जोडीले किरण नेपाल र श्याम कुमार तिमिल्सेनलाई पराजित गरेको थियो । धर्म शाही र दुर्गा केसीको जोडीले वाकओभर पायो ।

आशिष सिग्देल र अमित गुरुङको जोडीले ठाकुर खनाल र लाक्पा छिरिङ शेर्पालाई पराजित गरेको छ भने दर्गा केसी र रमेश रोकाको जोडीले सुमित मैनाली र राजेन्द्र भट्टको जोडीलाई पराजित गरेको छ ।

त्यस्तै, विमल वाइवा र निमा लामाको जोडीले सूर्य गिरी र विभू कायस्थको जोडीलाई पाखा लगाउँदा इब्राहिम मुस्लिम र यज्ञ बहादुर भण्डारीको जोडीले फुरी ग्याल्जेन शेर्पा र पासाङ शेर्पाको जोडीलाई पाखा लगाएको थियो ।

नकुल थापा र विपिन श्रेष्ठको जोडीले रविन गुरुङ र नुवाङ शेर्पाको जोडीर्ला स्तब्ध बनाउँदा महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठको जोडीले हेमराज ढकाल र सुदर्शन विष्टको जोडीमाथि जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *