रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा मुम्बई इण्डियन्सलाई १२ रनले पराजित गर्दै आरसीबीले तेस्रो जित निकालेको हो ।

आरसीबीले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ९ विकेट गुमाएर २०९ रनमा अलआउट भयो ।

मुम्बईका तिलक वर्माले सार्वधिक ५६ रन बनाए । उनले २९ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे । यसैगरी कप्तान हार्दिक पाण्ड्याले ४२, सुर्यकुमार यादवले २८ र विल ज्याक्सले २२ रन बनाए ।

आरसीबीका लागि क्रुनाल पाण्ड्याले सर्वाधिक ४ तथा यश दयाल र जोश हेजलउडले समान २ विकेट लिए ।

त्यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२१ रनको योगफल तयार पारेको थियो ।

आरसीबीका ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए । उनले ४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे।

जारी प्रतियोगितामा उनले बनाएको यो नै सर्वाधिक रन हो । यसअघि उनले कोलकाता नाइट राइडर्सविरुद्ध अविजित ५९ रनको इनिङ्स खेलेका थिए ।

यसैगरी कप्तान रजत पाटिदारले ३२ बलमा ५ चौका र ४ छक्कासहित ६४ रन बनाउँदा जीतेश शर्मा ४० रनमा अविजित रहे । 

मुम्बईका लागि हार्दिक पाण्ड्या र ट्रेन्ट बाउल्टले समान २ विकेट लिए ।

जितसँगै ४ खेलमा ६ अंक जोडेको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा रहेको छ भने ५ खेलमा २ अंक मात्र जोडेको मुम्बई आठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *