भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुँदै छ । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि हुने छ ।
जारी आईपिएलमा गुजरात टाइटन्सले उत्कृष्ट खेल खेल्दै ८ खेलमा १२ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । गुजरातले ६ जित र २ हार बेहोरेको छ ।
त्यस्तै राजस्थानले भने यस सिजनमा अहिलेसम्म ९ खेलमा केबल २ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ ।
यस सिजनमा यसअघि अप्रिल ९ मा यी दुवै टिमबीच भएको खेलमा गुजरातले ५८ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो ।
