श्रीलकंन अलराउण्डर दासुन शनाकाले ग्लेन फिलिप्सको स्थानमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) सिजनको बाँकी खेल गुजरात टाइटन्सबाट खेल्ने भएका छन् ।

शनाकाले यसअघि सन् २०२३ मा गुजरातबाट खेलिसकेका छन् । यस सिजनमा टोलीले उनलाई ७५ लाख भारतीय रुपैयाँमा भित्र्याएको हो ।

शनाकाले अहिलेसम्म आइपिएलको एक सिजन मात्र खेलेका छन् । उनले तीन खेलमा २६ रन बनाएका छन् । उनले तीन खेलमा २६ रन बनाएका छन् । यद्यपि उनले बलिङ गर्ने मौका पाएका छैनन् ।

सनराइजर्स हैदराबादविरुद्ध फिल्डिङ गर्दा फिल्डिङ गर्दा फिलिप्सको कम्मरमा चोट लागेको थियो । पछि उनी प्रतियोगिताबाट बाहिरिएर घर फर्किए । अर्का खेलाडी कागिसो रबाडा पनि व्यक्तिगत कारणले अप्रिल ३ मा घर फर्किएका छन् । रबाडाको पुनरागमनको बारेमा अहिले कुनै स्पष्टता छैन ।

गुजरात हाल ६ खेलबाट चार जितसहित आठ अंक जाेडेर दोस्रो स्थानमा छ । गुजरातले शनिबार तालिकाको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *