इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किड्सले १६ रनले हराएको छ ।

आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५.१ ओभरमा मात्र ९५ रनमा अल आउट भयो ।

कोलकाताले जित निकाल्ने राम्रो मौका गुमायो । ओपनरद्वय सुनिल नराइन र क्विन्टन डि कक २ रनमा आउट भए । २ ओपनर गुमाउँदा कोलकाताले ७ रन बनाएको थियो ।

त्यसपछि अजिन्के राहने र अङकृश रघुबंशीले तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गरे। राहने १७ रनमा आउट भए । अङकृश २८ बलमा ३७ रन जोडेर आउट भए ।

सामान्य लक्ष्य पछाएको कोलकाताले पनि सानदार ब्याटिङकासाथ सहज जित निकाल्न भने सकेन । भेन्कटेश्वर अयर ७ रनमा, रन्कु सिंह २ रनमा, रमनदीप सिंह रनको खाता नखोली र हर्षित राना ३ रनमा आउट भए ।

कोलकाताले ७९ रन बनाउँदा ८ विकेट गुमायो । यसपछि आन्द्रे रसल १७ रनना वैभव अरोरा शुन्य रनमा आउट भए । कोलकाता ९५ रनमा समेटियो ।

बलिङमा युजबेन्द्र चाहलले ४ ओभरमा २८ रनखर्चेर ४ विकेट लिए । मार्की जानसेनले ३ विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १५.३ ओभरमा अल आउट हुँदै मात्र १ सय ११ रनमा समेटियो । कमजोर ब्याटिङ गरेको पन्जाबका खेलाडीहरू २० ओभर क्रिजमा टिक्न सकेनन् ।

प्राभसिम्रन सिंहले सर्वाधिक ३० रन, प्रियान्स आर्याले २२ रन, सशांक सिंहले १८ रन र नेहाल वादेराले १० रन बनाए । अन्यले दोहोरो रनमा अंकमा छुन सकेनन् ।

बलिङमा हर्षित रानाले ३ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिए । यस्तै वरूण चक्रवर्ती र सुनिल नराइनले २/२ विकेट लिए ।

पन्जाबको यो चौथो जित हो । ८ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । सातौं खेलमा चौथो हार बेहोरेको कोलकातासँग ६ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *