राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट शुक्रबार राति अष्ट्रेलिया प्रस्थान गरेका छन् । अष्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन उती त्यसतर्फ लागेका हुन्
ओलम्पियन समेत रहेका विष्ट आगामी सोमबार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्।
युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड फिटनेस सेन्टरको बिहीबार हुने उद्घाटनमा पनि विष्ट सहभागी हुनेछन्।
यसै वर्ष भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलको) टोली सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहको व्यवस्थापनमा आफू अष्ट्रेलियातर्फ लागेको विष्टले जानकारी दिए। एनपीएलमा विष्ट सुदूरपश्चिम रोयल्सका ब्रान्ड एम्बेसडर पनि थिए ।
