अफगानिस्तानले आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेपछि नेपालसँगको शनिबारको खेल निर्णायक बन्न पुगेको छ ।
बुधबार यूएई डिएल पद्दतिमा १८१ रनले पराजित भएसँगै नेपाल र अफगानिस्तानबीचको खेल निर्णायक हुने भएको हो ।
जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् ।
नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १८० रनले पराजित गरेको हो ।
अब शनिबार हुने खेलको विजेता टोली २०२६ यू–१९ विश्वकपका लागि छनोट हुनेछ । यदि मौसमका कारण खेल हुन नसके अफगानिस्तान विश्वकपमा पुग्नेछ ।
