पारा टेबलटेनिस खेलाडी स्विकृती न्यौपानेले काठमाडौंमा आयोजना भएको प्रथम नेशनल ओपन ईन्क्लुसिभ टेबलटेनिस टुर्नामेन्टमा चौथो स्थान हात पार्न सफल भएकी छिन् ।

विश्व टेबलटेनिस डे को अवसरमा आयोजित प्रतियोगितामा पारा खेलाडी स्विकृती सवल खेलाडीहरुको माझबाट चौथो स्थान हात पार्न सफल भएकी हुन् ।

प्रतियोगितामा पहिलो स्थान एपिएफका राजीव चिकबन्जारा, दोश्रो र तेश्रो स्थानमा स्थानमा नक्साल टेबल टेनिस क्लबका रक्त चन्द्र मानन्धर र धर्म राज थापा रहे ।

राष्ट्रिय शारीरिक अपाङ्गता टेबलटेनिस संघका उपाध्यक्ष लक्ष्मण नेपालीको पहलमा राष्ट्रिय शारीरिक अपाङ्गता टेबल टेनिस संघ र आइटिटिएफ फाउन्डेशनको सहकार्यमा भएको प्रतियोगितामा विभिन्न सपाङ्ग र अपाङ्गता भएका गरि ३४ खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको मुख्य उद्धेश्य सपाङ्ग र अपाङ्गता भएका खेलाडीहरुलाई एकै स्थानमा उपस्थित गराई अपाङ्गगता भएका खेलाडीहरुलाई पनि सपाङ्गलाई झै अवसर प्रदान गर्न सकेमा सपाङ्गझै अगाडी बढ्न सक्छन भन्ने जनचेतना अभिवृद्धि गर्नु हो ।

यो प्रतियोगिता मात्र नभई सपाङ्ग र अपाङ्गता भएकाहरुलाई एकै मञ्चमा उतार्दै शारीरिक कारणले अपाङ्गहरु भिन्न होईनन् र उनीहरुलाई पनि खेलकुदको मुख्य अंग बनाउनु पर्छ भन्ने भावना हो ।

विजयी खेलाडीहरुलार्य राखेप प्रतियोगिता तथा योजना विभागका प्रमुख मिन शर्माले पुरस्कार वितरण गरेका थिए । बिश्व टेबल टेनिस डे यहि अप्रिल २३ तारिख बुधबार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *