हङकङमा जारी चार देशीय टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ ।
मिसन रोड मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले कुवेतलाई पहिला ब्याटिङको निम्तो दिएका थिए । कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रनको योगफल तयार पारेको हो ।
कुवेतका लागि क्लिन्टो एन्टोले ४१, मीत भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, कप्तान मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३, नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित, हङकङ, कतार र कुवेत सहभागी छन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
