नखिपोट युथ क्लब र संकटाले तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । नखिपोट पुरुष तथा संकटा महिलामा च्याम्पियन बने ।
कफी क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा नखिपोटले वाइबा एफसीलाई सडन डेथमा ७-६ ले पराजित गर्यो । निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।
सुनाकोठीस्थित वाखत फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा संकटाले हलेसीलाई २-१ ले हरायो ।
संकटाका लागि अभानी सिंह र सोविन्या ढकालले गोल गरे । हलेसीकी सविना तामाङले सान्त्वना गोल फर्काइन् ।
दुवैतर्फका विजेताले २५ हजार तथा उपविजेताले १२ रुपैयाँ प्राप्त गरे । पुरुषमा नखिपोटका गोलरक्षक शैलेन्द्र मगर तथा महिलामा संकटाकी अभानी सिंह प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा पुरुषतर्फ ३१ तथा महिलातर्फ १२ टिम सहभागी थिए ।
