नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६ स्वर्ण र २ रजत गरी ८ पदक जितेका छन् ।

नेपाल सितोरियो कराते संघका सचिव समेत रहेका टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण जिते ।

अप्रिल २६ तारिखदेखि भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले रजत हात पारे । प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका हुन् ।

व्यवस्थापकमा बूढानीलकण्ठ नगरपालिका वडा ३ का अध्यक्ष आकाश धिमाल र नेपाल कराते महासंघका सदस्य दिलिपराज भण्डारी, अर्का प्रशिक्षकमा अविनाश चौधरी तथा निर्णायकमा शान्ति तामाङ रहेका छन् । टोली मंगलबार स्वदेश फर्किदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *