वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गरेको छ ।

अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ६८ केजीमुनि विमल रोकायाले प्रतिस्पर्धा गर्ने छन् । महिला ७८ केजीमुनि मुना खवास मगर, ५२ केजीमुनि एन्जुना राई र ४२ केजीमुनि डोल्पा लामाले खेल्ने छन् ।

व्यवस्थापकमा समी पौडेल शर्मा छिन् । टोलीलाई नेपाल तेक्वान्दो संघका सदस्य कुमार लामा घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *