नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ श्रृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ ।
पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो । तर, ४९ सदस्यीय टोलीमा यू-१९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव थपिएका हुन् ।
क्यानले छनोट गरेको खेलाडीहरूलाई नेपाल ब्लु, नेपाल ग्रीन, नेपाल रेड र नेपाल एल्लो गरी चार समूहमा विभाजन गरिएको छ ।
नेपाली टोलीका नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुअट ल अप्रिल २५ मा नेपाल आइपुग्ने क्यानले जनाएको छ ।
प्रशिक्षक ल को नेतृत्वमा विभाजित चारै समूहबीच अप्रिल २६ देखि मे ३ सम्म माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा अभ्यास क्याम्प संचालन हुनेछ । त्यसपछि लिग-२ का लागि अन्तिम टोली छनोट गरिने छ ।
विभाजित चार समूहः
नेपाल ब्लुः रोहित कुमार पौडेल (कप्तान), प्रज्वल थापा (विकेटकिपर), देव खनाल, अनिल कुमार साह, शाकिब हक, सुर्य तामाङ, सुन्दीप जोरा, कुशल मल्ल, गुलशन कुमार झा, हेमन्त धामी, करण केसी, दिपेश प्रसाद कँडेल, युवराज खत्री
नेपाल ग्रिनः आसिफ शेख (कप्तान तथा विकेटकिपर), सोमपाल कामी, ईशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ, विवेक कुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ला, रसिद खान, सन्तोष यादव
नेपाल रेङः सन्दीप लामिछाने (कप्तान), अर्जुन साउद (विकेटकिपर), त्रितराज दास, भीम शार्की, शुभ कंसाकार, शहाब आलम, बसीर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतिष जीसी, नरेन भट्ट
नेपाल एल्लोः दिपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), मयन यादव, कुशल भुर्तेल, सुजन थापालिया, ललित नारायण राजबंशी, अर्जुन घर्ती, किरण ठगुन्ना, अविनाश बोहरा, रूपेश कुमार सिंह, कमल सिंह ऐरी, विशाल पटेल, दिपेन्द्र रावत
