काठमाडौं । दोस्रो संस्करणको मन्डिखाटार एमेच्योर टेनिस प्रतियोगिता अन्तगत ६५ वर्ष माथिको उमेर समूहमा कमल थापाको जोडीले सेमिफाइनलमा स्थान बनाएको छ।
मन्डिखाटार टेनिस कोर्टमा बुधबार भएको खेलमा थापा र छाम्बा डोन्डुप जोडीले सहदेव ढुंगाना र रत्न गुरुङको जोडीलाई ६-२, ६-१ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
४५ वर्ष माथिको सिंगल्समा सूर्य गिरीले हेमराज ढकाललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
उनले ६-१, ६-४ को स्कोरमा पराजित गरेका हुन् । यस्तै, आशिष सिग्देलले अमित गुरुङलाई ६-०, ६-३ को स्कोरमा पराजित गर्दा देव क्षेत्रीले यज्ञबहादुर भण्डारीलाई ६-३, ६-१ ले पराजित गरे ।
यसैगरी महेश श्रेष्ठले नकुल थापालाई ६-२, ६-१ को स्मोरमा पछि पारे । ४५ वर्ष माथिको डबल्समा धर्म सिंह लामिछाने र गोपी भट्टराईको जोडीले सुरजकुमार श्रेष्ठ र सुरेश श्रेष्ठको जोडीलाई ६-३, ६-० को स्कोरमा स्तब्ध बनायो ।
यस्तै, आशिष सिग्देल र अमित गुरुङको जोडीले दुर्गा र रमेशको जोडीलाई प्रतिस्पर्धात्मक सुपर टाइब्रेकरमा पछि पारेको थियो । ४-६, ६-४ र १०-६ को स्कोरमा बाजी मारिको थियो ।
यस्तै विमल र निमाको जोडीले इब्राहिम र यज्ञको जोडीलाई पनि सुपर टाइब्रेकरमा स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनायो । ६-१, ४-६ र १०-६ को स्कोरमा पराजित गरेको हो । यसैगरी महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठको जोडीले नकुल थापा र विपिन श्रेष्ठको जोडीलाई ६-१ र ६-३ को स्कोरमा पराजित गरेको थियो ।
यसैगरी भिक्टर राणा र विदुर विष्टको जोडीले ज्ञानेन्द्र ताम्राकार र प्रेम थापाको चुनौती ७-५, ६-२ ले समाप्त गर्दै सेमिफाइनलमा स्थन बनायो । ३५ वर्ष माथिको उमेर समूहमा दीप जंगबहादुर राणाले एलम दिक्षितलाई ६-२, ६-३ को स्कोरमा पराजित गर्दा नविन श्रेष्ठले समदुप लामालाई सुपर टाइब्रेकरमा स्तब्ध बनाए । नविनले ४-६, ६-२ र १०-५ को स्कोरमा पराजित गरे ।
यसैगरी सिमान्त गुरुङले सुनिश्चित मोक्तानलाई ६-१, ६-१ को स्कोरमा पराजित गर्दा भिष्म जंग गुरुङले कुमार तामाङलाई ६-२, ६-१ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाए ।
३५ वर्ष माथिको डबल्समा निमा र एमपी गिरीको जोडीले सनिभ र एलम डिक्षितको जोडीलाई ६-४, ६-२ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
यही स्पर्धामा दीप जबरा र देव क्षेत्रीको जोडीले वाकओभर पाएर सेमिफाइनलमा स्थान बनाएको छ । ५५ वर्ष माथिको खेलमा प्रताप मोक्तानले वाकओभर पाएर क्वाटरफाइनलमा स्थान बनाए । यस्तै, उत्तम बोगटीले निरञ्जन श्रेष्ठलाई पराजित गर्दा प्रदीप शाहले सन्जय झालाई पछि पारे ।
मनोज शाहले वाल्टर स्मिथलाई पराजित गर्दा विमल वाइवाले राम रानाको चुनौती समाप्त गरेका थए । सुशिल पाण्डेले हेमचन्द्र गुरुङलाई पराजित गर्दा जीवन घिमिरेले भगवान कोइरालालाई पराजित गरेका थिए ।
५५ वर्ष माथिको डबल्समा जीवन घिमिरे र सुदर्शनको जोडीले हेमचन्द्र गुरुङ र धर्म शाहीको जोडीलाई ६-०, ६-२ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।
