भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा आज एक खेल हुँदै छ । आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै छ ।
मुम्बईस्थित वानखडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
यी दुवै टोली अंकतालिकाको तल्लो भागमा रहेका छन् । समान ६ खेलबाट २ जितसहित ४ अंक जोडेका दुई टोलीबिच नेट रनरेटको मात्र फरक छ । मुम्बई सातौं तथा हैदराबाद नवौं स्थानमा छ ।
मुम्बईले हालसम्म कोलकाता र दिल्लीलाई मात्र हराएको छ । त्यस्तै हैदराबादले राजस्थान र पञ्जाबलाई मात्र हराएको छ ।
मुम्बईले अघिल्लो खेलमा एकमात्र अपरााजित टिम दिल्लीलाई हराएको थियो । हैदराबादले अघिल्लो खेलमा पञ्जाबविरुद्ध २४६ रनको विशाल लक्ष्य पूरा गर्दै चमत्कारिक जित हासिल गरेको थियो ।
त्यसकारण मुम्बई र हैदराबाद उच्च मनोबलका साथ आज आमनेसामने हुँदैछन् ।
