विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा जारी प्रथम कोशी प्रदेशस्तरिय अन्तर विधालय क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको र ग्रिनल्याण्ड कलेज प्रवेश गरेका छन् ।

माघमा सकिएको हिसान क्रिकेटमा अरनिको र ग्रिनल्याण्ड बीच भएको फाइनल खेलमा अरनिकोले उपाधि जितेको थियो ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा आज (मंगलबार) भएको पहिलो सेमिफाइनल खेलमा हिसान मोरङ क्रिकेट विजेता विराटनगरको अरनिको कलेजले विर्तामोडको निदि कलेजलाई ६८ रनको फराकिलो अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ३१ रनको स्कोर बनाएको थियो । अरनिकोका जितमा प्लेयर अफ म्याच रुद्रप्रताब साहले अविजित ५० रन बनाउँदा सोनु साहले २९ रनको योगदान दिए । निदिका विशाल मगरले सर्वाधिक ४ विकेट लिए ।

१ सय ३२ रनको लक्ष्य पछ्याएको निदिले १५ ओभरमा सबै विकेट गुमाई ६४ रनमा सिमित भयो । निदिकालागि विशाल मगरले सर्वाधिक १० रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा प्रकाश पासवानले २ विकेट लिए ।

दोस्रो सेमिफानल खेलमा ग्रिनल्याण्ड कलेजले इटहरीको विश्व आर्दश कलेजलाई १६ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९७ रनको स्कोर बनाएको थियो । ग्रिनल्याण्डका क्रि चौधरीले २४ रन बनाउँदा रअनिस सहनीले २३ रन बनाए । विश्व आर्दशका बलराम मण्डलले २ विकेट लिँदा सन्देश भण्डारी र आकाश सराफले पनि २-२ विकेट लिए ।

९८ रनको लक्ष्य पछ्याएको विश्व आर्दशले पुरै ओभर खेल्दै ९ विकेट ८१ रनमा सिमित भयो । विश्व आर्दशकाआर्यन आमिरले सर्वाधिक २२ रनको योगदान दिए । ग्रिनल्याण्डका प्लेयर अफ म्याच सुनिल यादवले ४ विकेट लिँदा अमित चौधरी र गनेश यादवले २-२ विकेट दिए ।

फागुन २८ गतेसम्म प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागीता रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *