भारतीय ओपनर शुभमन गिलले आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका छन् ।

उनले अष्ट्रेलियाका स्टिभ स्मिथ र न्यूजील्याण्डका ग्लेन फिलिप्सलाई पछि पार्दै फेब्रुअरी महिनाको प्लेअर अफ दि मन्थ अवार्ड जितेका हुन् ।

यो गिलको आईसीसी ‘प्लेयर अफ द मन्थ’ को तेस्रो अवार्ड हो, उनले यसअघि २०२३ मा जनवरी र सेप्टेम्बरमा यो अवार्ड जितेका थिए ।

फेब्रुअरी महिनामा खेलिएका ५ एकदिवसीय खेलमा शुभमनले १०१.५० को औसत र ९४.१९ को स्ट्राइक रेटमा ४०६ रन बनाएका थिए । भारत र इ‌ङ्ग्ल्याण्डबीच खेलिएको ३ खेलको एकदिवसीय सिरिजमा उनी २५९ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी थिए । भारतले यो सिरिज ३-० ले जितेको थियो ।

शुभमन गिलले इङ्ल्याण्डविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा लगातार ३ अर्धशतक बनाएका थिए ।

च्याम्पियन्स ट्रफीमा भारतको पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै शुभमन गिलले अविजित १०१ रन बनाए । फेब्रुअरी २३ मा पाकिस्तानविरुद्धको खेलमा उनले ७ चौकाको मद्दतले ४६ रनको इनिङ खेलेका थिए । उनी प्रतियोगितामा भारतका लागि तेस्रो सर्वाधिक स्कोरर थिए । उनले ५ खेलमा १८८ रन बनाए ।

च्याम्पियन्स ट्रफीको फाइनलमा शुभमन गिलले कप्तान रोहित शर्मासँग मिलेर पहिलो विकेटको लागि १०५ रन जोडेका थिए । उनले ३१ रनको इनिङ खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *