आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट खेल्ने नेपाली क्रिकेट टिमको घोषणा भएको छ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले नरेन भट्टको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।
नरेनको कप्तानीमा घोषित टिमको उपकप्तानमा अभिषेक तिवारी छन् । यस्तै, निरज कुमार यादव, साहिल पटेल, रोशन विश्वकर्मा, विपिनप्रसाद शर्मा, दर्श सोनार, दिलसाद अलि र सन्तोष यादव टिममा परेका छन् ।
यसैगरी, अशोक धामी, अरविन्द घर्ती, नितेश पटेल, अमर मिश्र, दयानन्द मण्डल, अप्रिज पौडेल, युवराज खत्री, सोहिल कुँवर र नितिश पटेल पनि टिममा परेका छन् ।
आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आगामी अप्रिल १२ देखि २१ मा काठमाडौंमा हुँदै छ । प्रतियोगिता आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (यूएई) गरी ६ टिम सहभागी हुनेछन् ।
विजेता टिम जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजना रहने आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप २०२६ का लागि छनोट हुनेछ । नेपालको यू-१९ टिमले दक्षिण अफ्रिकामा सम्पन्न आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ मा उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानविरुद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै सुपर सिक्ससम्मको यात्रा तय गरेको थियो ।

