चार देशीय महिला अन्तर्राष्ट्रिय टी-२० सिरिजमा सहभागिता जनाउन युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किएका छन् ।
बुधबार बिहान प्रतियोगितामा चौथो भएर नेपाली टोली स्वदेश फर्किएका हुन् । प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा, हङकङ र नामिबियाले सहभागिता जनाएका थिए ।
नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो । नामिबियासँग दुवै खेलमा पराजित नेपालले युगाण्डा र हङकङसँगको समान १ खेलमा हार बेहोरेको थियो ।
तेस्रो स्थानका लागि हङकङसँगको खेल भने भारी वर्षाका कारण रद्द भएको थियो ।
