पिएम कपमा आज दुई खेल हुँदै

२०८१, ६ चैत्र बिहीबार ०८:२९

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।

आज नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुँदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अपराजित रहँदै ६ जितका साथ १२ अंकसहित शिर्ष स्थानमा छ भने बागमती प्रदेशले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।

त्यस्तै, आज अर्को खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा लुम्बिनीले ६ खेलमा ४ जित र २ हारसहित ८ अंक बटुलेको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै, कर्णाली प्रदेशले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक बटुलेर पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *