युगान्डामा जारी चार देशीय महिला टी-२० सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हङकङविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा नामिबियासँग ६ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।

यता हङकङ पनि लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको पराजित बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।

हालसम्म नेपाल र हङकङको महिलाले आठवटा टी–२० आईमा एकअर्काको सामना गरेको विगत छ, जहाँ नेपालले चार तथा हङकङले तीन खेल जितेको छ । यी दुई टिमबीचको एक म्याच भने नतिजाविहीन बनेको छ ।

नेपाल र हङकङ पछिल्लोपटक गत वर्षको फेब्रुअरीमा भिडेका थिए । उक्त प्रिमियर कपको खेल नेपालले ८ विकेटले जितेको थियो । नेपाल यसपालि पनि हङकङसँगको अपराजित यात्रा कायम राख्ने सोचमा छ ।

जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *