युगान्डामा आजबाट सुरु चार देशीय महिला टी-२० सिरिजअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् ।
नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो । नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ ।
सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई-दुई खेल खेल्नेछन् ।
लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ । नेपाली टोली आफुले खेलेका पछिल्ला ५ खेलमा नै पराजित भएको छ । नामिबियाले भने पछिल्ला ५ मध्ये ४ खेलमा जित हासिल गरेको छ ।
नेपालको लागि १ खेलाडीले यस खेलमा डेब्यु गरेकी छिन् । रिया शर्माले यस खेलबाट नेपालका लागि डेब्यु गरिन् ।
नेपालको प्लेईङ-११
अलिशाकुमारी यादव, इन्दु बर्मा, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, रचनाकुमारी चौधरी, राजमती ऐरी, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री, सम्झनाकुमारी खड्का
