युगाण्डामा जारी चार देशीय महिला टि-२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दै छ ।

नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो । नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो ।

नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो । अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् ।

त्यस्तै फाइनलमा भने शिर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *