भारतका स्टार क्रिकेटर युजवेन्द्र चहल र उनकी पत्नी धनश्री वर्माबीच आज बिहिवार सम्बन्ध विच्छेदको फैसला हुदैछ ।
६ महिनाको कुलिङ्ग पीरियडलाई नजरअन्दाज गर्दै मुम्बई हाईकोर्टले पारिवारिक न्यायालयलाई आज फैसला गर्न आदेश दिएको हो ।
इन्डियन प्रिमियर लिग २०२५ को १९ संस्करण २२ मार्चदेखि शुरु हुदैछ । चहल पञ्चाव किङ्ग्सबाट आइपीएल खेल्दैछन् । यहि कुरालाई मध्यनजर गर्दै उनको खेलमा कुनै किसिमको प्रभाव नपरोस भनेर हाईकोर्ट पारिवारिक न्यायालयलाई आज बिहिबार फैसला गर्न आदेश दिएको हो ।
चहल र धनश्री सन २०२० मा विवाह बन्धन बाँधिएका थिए । सन् २०२२ सम्म उनीहरुको दाम्पत्य जीवन राम्रोसँग चलेपनि त्यसपछि सम्वन्धमा दरार परेको थियो । सम्बन्धमा दरार परेपछि विगत दुई वर्ष देखि यो जोडी अलग-अलग बस्दै आएका छन् ।
केहि समय पहिले धनश्रीले सम्वन्ध विच्छेदको लागि मुम्बई हाईकोर्टमा निवेदन दर्ता गराएकी थिइन् । त्यसपछि दुवैको सहमति अनुसार धनश्रीको स्थायी गुजाराको लागि ४ करोड ७५ लाख चहलले दिने सहमति भएको थियो ।
जस्को पहिलो किस्ता २ करोड ३७ लाख ५५ हजार रुपैया चहलले धनश्रीलाई दिइसकेका छन । सम्वन्ध विच्छेदपछि दोश्रो किस्ता रुपमा बाँकि रकम दिनुपर्नेछ ।
