आईपिएलमा आज धोनी र कोहली भिड्दै

२०८१, १४ चैत्र शुक्रबार ०८:१३

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदैछ ।

चेन्नईको चेपकस्थित एमए चिदम्बरममा हुने यो खेल नेपाल इसम्य अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।

यस सिजनमा चेन्नई र रोयल च्यालेन्जर्सले आ-आफ्नो पहिलो खेल जितेर राम्रो शुरुवात गरेका छन् । आफ्नो पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने रोयल च्यालेन्जर्सले कोलकोतालाई पराजित गरेको थियो

यस मैदानमा रोयल च्यालेन्जर्सले चेन्नईलाई एक पटकमात्र २००८ मा पराजित गरेको थियो भने त्यसयता पराजित गर्न सकेको छैन ।

चेन्नईसँग अनुभवी र युवा खेलाडीको राम्रो संयोजन रहेको छ । चेन्नईमा महेन्द्र सिंह धोनी, रवीन्द्र जडेजा र आर आश्विन जस्ता अनुभवी खेलाडी छन् भने कप्तान रुतुराज गायकवाड, रचिन रविन्द्र अफगानिस्तानका बायाँ हाते स्पिनर नूर अहमद जस्ता खेलाडीले चेन्नईलाई यस सिजनमा पनि बलियो टिमको रुपमा प्रस्तुत गरेको छ ।

त्यस्तै रोयल च्यालेन्जर्स पनि यस सिजनमा सशक्त टिम देखिएको छ । रोयल च्यालेन्जर्समा रजत पाटिदारको कप्तानी र विराट कोहलीको अनुभव पहिलो खेलमा कोलकताविरुद्ध पनि देखिएको थियो ।

त्यस्तै रोयल च्यालेन्जर्समा फिल साल्ट, लियाम लिभिङस्टोन र जितेश शर्मा आक्रामक ब्याट्सम्यान तथा अलराउन्डर कुणाल पाण्ड्याको भूमिका महत्वपूर्ण रहेको छ ।

दुवै टोलीको सम्भावित प्लेइङ ११:

चेन्नई सुपर किंग्सः ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, राहुल त्रिपाठी, शिवम दुबे, रविन्द्र जडेजा, साम करन, महेन्द्र सिंह धोनी (विकेटकिपर), रविचन्द्रन आश्विन, नूर अहमद, नाथन एलिस/मथिशा पाथिराना र खलील अहमद ।

रोयल च्यालेन्जर्स बैंगलुरु: रजत पाटीदार (कप्तान), विराट कोहली, फिल साल्ट (विकेटकिपर), लियाम लिभिङस्टोन, जितेश शर्मा, टिम डेभिड, कुणाल पाण्ड्या, रसिक दार सलाम/भुवनेश्वर कुमार, सुयश शर्मा, जोश हेजलवुड र यश दयाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *